ताजा समाचार

प्रचण्ड-नेपाल पक्ष जुटे कानुनी परामर्शमा

काठमाडौं । नेकपाका शीर्ष नेताहरुले प्रतिनिधिसभा विघटनबारे कानुन व्यवसायीहरुसँग परामर्शमा जुटेका छन् ।

सोमबार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठसहितका नेताहरुले संविधानविद् तथा कानुन व्यवसायीहरुसँग परामर्शमा जुटेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको असंवैधानिक एवं निरंकुश कदमविरुद्धमा अब चालिने संवैधानिक एवं राजनीतिक कदमका बारेमा परामर्शमा जुटेका हुन् । वरिष्ठ अधिवक्ता शम्भु थापालगायतका कानुन व्यवसायी तथा संविधानविद्‍हरु उपस्थित छन् ।

वरिष्ठ अधिवक्ता थापाले भने राष्ट्रपति र प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्छ भन्‍दै धारणा राखेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org