ताजा समाचार

प्रचण्ड-नेपाल पक्षका सांसदको भेला बानेश्वरमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका निवर्तमान सांसदहरुको भेला सुरु भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा भेला सुरु भएको भेलामा सहभागी एक नेताले जानकारी दिए। भेलामा प्रचण्ड, झलनाथ खनाल, नेपाललगायत शीर्ष नेता सहभागी छन्।

यस अगाडि आफू निकट नेकपाका सांसदहरुको बैठकमा प्रधानमन्त्री केपी ओलीले विशेष सम्बोधन गरेका थिए। आइतबार प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आफू पक्षीय सांसदहरूलाई बालुवाटार भेला गराएर छलफल गरेका हुन्। बैठकमा सहभागी सांसदहरुलाई ओलीले आफूले चालेका पछिल्ला कदमबारे जानकारी गराएका थिए।

बानेश्वरमा हस्ताक्षर संकलन

यसैबीच संसद विघटनका विरुद्ध नेकपाका सांसदहरुले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन्।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा गरेपश्चात आज बैठकस्थलमा भेला भएका उनीहरुले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको हस्ताक्षर संकलन सुरु गरेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org