ताजा समाचार

ओलीमाथि कारबाही गरेको जानकारी निर्वाचन आयोगमा

काठमाडौँ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी दिएको छ ।

प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीमाथि गरेको कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी दिएको हो ।

आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको थियो । यही निर्णय स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोग पुगेर जानकारी गराएका हुन् । उनले भने, ‘स्थायी कमिटीमा बहुमत सदस्यको उपस्थिति र त्यसले पार्टी अध्यक्ष ओलीमाथि कारबाही गर्ने गरी गरेको निर्णयको कपी बुझाएका छौं ।’

आइतबारको स्थायी कमिटी बैठकले ओलाीलाई अनुशासनको कारबाहीको सिफारिस गर्दै मंगलबार बस्ने केन्द्रीय कमिटीमा यसबारे प्रस्ताव लैजाने निर्णय गरेको थियो। तर, ओली समूहले भने कसैले कारबाही गर्न नसक्ने बताएको छ । मंगलबार नेकपाको केन्द्रीय कमिटी बैठक बस्दैछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org