ताजा समाचार

बादल र वामदेव दुवै बैठकमा नजाने !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन् ।

दुवै पक्षको केन्द्रीय कमिटी बैठकले एकले अर्को पक्षलाई कारबाहीको तयारी गरेको छ । यता नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल भने दुवै बैठकमा सहभागी नहुने भएका छन् ।

बादल भने आफूनिकट नेताहरुसँग परामर्शमा छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्‍त्री ओलीले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएका छन् भने प्रचण्ड-माधव नेपाल समूहले दिउँसो १ बजे बबरमहलमा रहेको कार्की ब्यांक्‍वेटमा बैठक बोलाएका छन् ।

नेकपा कार्यालयमा दुई सचिवले छुट्टाछुट्टै बैठकका लागि एसएमएस पठाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org