ताजा समाचार

बामदेवसँग छलफल गर्न भैँसेपाटी पुगे बादल

काठमाडौं । विभाजित अवस्थामा रहेको नेकपाका दुवै समूहमा नगएका नेताहरु बामदेव गौतम र रामबहादुर थापा बादलबीच अहिले छलफल भइरहेको छ ।

गौतमलाई भेट्न बादल भैँसेपाटी पुगेका छन् । उनीहरु दुवैजना दुवै भेलामा उपस्थित भएका छैनन् ।

यसअघि दुवै नेताहरुलाई केपी शर्मा ओली र पुष्पकमल दाहालले आफ्नो पक्षमा आउन पटक पटक आग्रह गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org