ताजा समाचार

ओली समूहले केन्द्रीय कमिटी र विधान संशोधनको सूचना निर्वाचन आयोगमा पठायो

काठमाडौं । नेकपा केपी ओली समूहले केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगमा पठाएको छ ।

मंगलबार बालुवाटारमा बसेको ओली समूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरेको थियो ।

ओलीको नेतृत्वमा पुनर्गठित केन्द्रीय कमिटी र पार्टीले विधान संशोधनलगायत निर्णयहरु निर्वाचन आयोगलाई जानकारी गराइएको ओली समूहका नेताहरुले बताएका छन् ।

सोमबार नेकपाका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्ड र नेता –माधव नेपाल समूहले ओलीमाथि कारबाही गरिएको पत्र निर्वाचन आयोग पठाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org