ताजा समाचार

एमाले ब्युँताउने कुरा सुनेका छौँ, त्यो सम्भव छैन् : माधव नेपाल

काठमाडाैँ । नेकपाका नेता माधवकुमार नेपालले विघटन भइसकेको नेकपा एमाले ब्युताउने खेल भइरहेको भए पनि त्यो सम्भव नभएको बताएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समुहको केन्द्रिय समितिको वैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी एकतासँगै एमाले विघटित भइसकेकाले अब त्यो व्युँतिन नसक्ने उनले बताए ।

साथै उनले नेकपाको बहुमत सदस्यहरुको वैठक आफुहरुले आयोजना गरेको भएकाले वालुवाटारमा भएको भेला गुट भेला भएको बताए ।

वालुवाटारको भेला वैधानिक नभएको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org