ताजा समाचार

प्रचण्ड–नेपाल समूहको बैठकमा ३१० जना केन्द्रीय सदस्य सहभागी

काठमाडाैँ । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ ।

बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३१० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो ।

हाल नेकपामा ४४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ ।
प्रचण्ड नेपाल समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा जारी छ । बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायतको एजेण्डा तय गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org