ताजा समाचार

हिजो प्रचण्ड-माधव समूहका महासेठ आज ओलीतिर

काठमाडौं । नेकपाका नेता रघुवीर महासेठ प्रचण्ड-माधव समूहमा एकदिन पनि नटिकेर केपी ओली समूहमा पुगेका छन् ।

मंगलबार(हिजो) प्रचण्ड-माधव नेपाल समूहको स्थायी समिति बैठकमा सहभागी भएका महासेठ बुधवार (आज) केपी ओली समूहमा पुगेका हुन् ।

प्रचण्ड-माधव नेपाल समूहको स्थायी ओली समूहको बैठकमा सहभागी महासेठ ओली समूहको प्रदेश-२ को प्रशिक्षणको वक्ता नै बनेका छन् ।

मंगलबार दिउँसो प्रचण्ड-माधव नेपाल समूहका स्थायी समितिमा पुगेका महासेठकी श्रीमती जुली महतो भने ओली समूहको केन्द्रीय समितिमा थिइन् । संसद पुनस्थापनाको पक्षमा रहेका महासेठको भूमिका स्थायी समितिमा पनि अस्पष्ट थियो ।

प्रचण्ड-माधव नेपाल समूहको स्थायी समितिले अध्यक्ष ओलीलाई हटाउने र माधव नेपाललाई प्रस्ताव गर्ने निर्णयमा महासेठले हस्ताक्षर भने गरेका थिएनन् ।

प्रचण्ड-माधव नेपाल समूहको स्थायी समितिका बसेका महासेठ केन्द्रीय समितिको बैठकमा सहभागी नभएर प्रधानमन्त्री ओलीको निम्तामा बालुवाटार पुगेका थिए । ओलीसँग सल्लाह गरेपछि महासेठले प्रचण्ड-माधव नेपाल समूह छोडेको नेकपाका नेताहरू बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org