ताजा समाचार

अविश्वास प्रस्ताव दर्ता विवादमा प्रवक्ता पाण्डेले फेरे बोली, भन्छन्, ३ः३० को दर्ता हो

काठमाडौं । संघीय संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ताबारे फरक फरक समय सार्वजनिक भएपछि सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बुधबार स्पस्ट पारेका छन् ।

उनले बुधबार विज्ञप्ति जारी गर्दै संघीय संसद सचिवालयमा २०७७ पुस ५ गते दर्ता गरिएको अविश्वास प्रस्तावको दर्ता समयलाई लिएर विभिन्न संचारमा माध्यममा आएका समाचारका सम्वन्धमा सचिवालयको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘अविश्वासको प्रस्ताव प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू समक्ष पेश गरी कार्यव्यस्था शाखा (प्रतिनिधि सभा)मा दर्ता हुने प्रचलन रहेको र पुस ५ गतेका दिन पनि सम्माननीय सभामुखज्यूलाई  सम्बोधन गरी विधिवत रुपमा पेश भइ सभामुखको तोकआदेशपछि सोही दिन अपरान्ह ३ः३० बजे कार्यव्यवस्था शाखामा दर्ता भएको जानकारी गराउछु,’ प्रवक्ता पाण्डेले विज्ञप्तिमा भनेका छन् ।

तर यसअघि पाण्डेले भिडियो अन्तरवार्तामा १० बजेर ५० मिनेटमा दर्ता भएको बताएका थिए । त्यस्तै अविश्वास प्रस्ताव दर्ता गर्दाको समय प्रस्तावमा पनि १०ः ५० मै लेखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org