ताजा समाचार

प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै गृहमन्त्री थापाले भेटे प्रचण्डलाई

काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।

बुधबार दिउँसो प्रचण्डलाई भेट्न गृहमन्त्री थापा उनकै निवास खुमलटार पुगेका थिए। दुई नेताबीच केहीबेर छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जनाकारी दिए।

‘अध्यक्ष प्रचण्ड र गृहमन्त्री थापाबीच छलफल भएको छ, छलफल सकारात्मक भएको उहाँहरुले प्रतिक्रिया दिनुभएको छ’, सापकोटाले  भने।

गृहमन्त्री थापासँग छलफल सकेर अध्यक्ष प्रचण्ड संसदीय दलको बैठकमा सहभागी हुन बानेश्वर पुगेका छन्।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–नेपाल पक्षले मंगलबार राखेको छुट्टाछुट्टै केन्द्रिय समिति बैठकमा थापा कतै गएका थिएनन्।

गृमनत्री थापा प्रचण्ड–नेपाल समूहको संसदीय बैठकमा सहभागी हुन पुग्ने बताइए पनि उनी अहिलेसम्म नआएको एक नेताले बताए।

अध्यक्ष प्रचण्डलाई भेट्नुअघि मन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटवार्ता गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org