ताजा समाचार

रत्‍नपार्कमा जसपाको प्रदर्शन, भन्यो- सरकारको असंवैधानिक कदम फिर्ता होस्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आज काठमाडौंको रत्‍नपार्कमा सरकारको विरोधमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीबाट भएको संसद् विघटनको विरोधमा जसपाले प्रदर्शन गरेको हो । जसपाले सरकारले गरेको असंवैधानिक कदम तत्काल फिर्ता हुनुपर्ने मागसमेत गरेको छ ।

प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरुले विभिन्न नाराअंकित प्लेकार्ड र ब्यानर बोकेका थिए ।

जनता समाज पार्टी (जसपा) का अध्यक्ष भट्टराईले प्रधानमन्त्रीले एकातिर संसद विघटन गरेर चुनाव घोषणा गर्ने र अर्कोतर्फ उनै प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्त गर्न कुनै हालतमा नमिल्ने बताए।
उनले आफू प्रधानमन्त्री रहँदा तत्कालीन संसदसमेत रहेको संविधान सभा विघटन भई चुनावको मिति घोषणा भएपछि आफूले मन्त्री नियुक्त नगरेको बताए।

‘मेरो पालामा १२ वटा मन्त्रालय खालि थिए तर मैले मन्त्री नियुक्त गरिनँ, बहालवाला मन्त्रीहरुलाई नै जिम्मेवारी दिएँ मैले आफै ५–६ वटा मन्त्रालय हेरेको थिएँ,’ संसद विघटनविरुद्ध जसपाले काठमाडौंको शान्तिवाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै भट्टराईले भने, ‘आवश्यक हुँदा पनि मैले नैतिकताका आधारमा मन्त्री थपघट गरिनँ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेर प्रतिगमन गर्न खोजेको बताए।

‘प्रतिगमन एकैचोटी आउँदैन, अंश अंशमा आउँछ, संसदमा प्रहार गर्ने र राज्यका सबै अंग र निकायहरुमा कब्जा गरेर प्रतिगमन गर्दैछन्,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org