ताजा समाचार

संसद विघटनविरुद्ध काठमाडौंमा कांग्रेसको विशाल प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा सोमबार काठमाडौंमा प्रदर्शन सुरु गरेको  छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद‍् विघटन गरेको विरोधमा कांग्रेसले एकैदिन देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन सुरु गरेको हो।

काठमाडौंको बानेश्वरमा काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रदर्शनपछि विरोध सभामा कांग्रेस नेता प्रकाशमान सिंहको सम्बोधन सुरु भएको छ। उनले प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताए।

यस्तै अरु दश क्षेत्रका विभिन्न १५ स्थानमा प्रदर्शन सुरु भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org