ताजा समाचार

कांग्रेसले ४५औँ मेलमिलाप दिवस मनाउँदै

काठमाडौं । नेपाली कांग्रेसले आज राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाउँदैछ।

८ वर्षको निर्वासनपछि २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरु स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो। बीपीसहित विभिन्न नेताहरु ७ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा जानु गएका थिए।

अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि बीपीसहितका नेताहरु राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै फर्किएका थिए। राष्ट्रिय मेलमिलापको नीति बोकेर बीपी स्वदेश फर्किएको दिनको सम्झनामा हरेक वर्ष कांग्रेसले यो दिवस मनाउँदै आएको छ।

दिवसको अवसरमा आज देशका ७७ वटै जिल्लामा कार्यक्रम आयोजना गरिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। सभापति देउवाले पार्टी केन्द्रीय प्रचार प्रसार विभागले आयोजना गरेको कार्यक्रमलाई बिहान साढे ९ बजे भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको औचित्य अझै बढेको बताएका छन्। उनले आज ट्वीटरमार्फत् एक शुभकामना सन्देश जारी गर्दै ४४ वर्षअघि बीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै देशको वर्तमान अवस्थामा राजसंस्थासहितको लोकतन्त्र सान्दर्भिक रहेको उल्लेख गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org