प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन्।
गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेको बुझिएको छ।
नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन्। तर, वामदेव तटस्थ छन्। प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको स्वास्थ्य अवस्था बुझ्न वामदेव खुमलटार पुगेको बुझिएको छ। तर पार्टी विभाजन हुनै लाग्दा दुईको भेटलाई निकै अर्थपूर्ण हेरिएको छ। यस अघि नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
आफू प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे बुझन् गएको र त्यही सन्दर्भमा पछिल्लो राजनीतिक घट्नाक्रमका विषयमा छलफल भएको सिंहले जनाएका छन्।
प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको गलत कदम भएको र यसको पूनस्थापनाका हुनुपर्नेमा दुवैको साझा दृष्टिकोण रहेको पनि सिंहले बताए। मसालका महामन्त्री सिंहले संसद विघटन विरुद्धको आन्दोलनमा समर्थन पनि जनाएका छन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...