ताजा समाचार

प्रचण्ड-नेपाललाई ओलीको प्रश्नः “दक्षिणपन्थीसँग मिलेर कुन समाजवाद क्रान्ति गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई दक्षिणन्थीसँग मिलेर सरकार बनाउन खोजेको आरोप लगाएका छन् ।

३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवाहरूलाई भर्चुअल रुपमा सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने , “दक्षिणपन्थीसँग मिलेर पार्टी फुटाएर अनि कुन समाजवाद क्रान्ति गर्नुहुन्छ ?  दक्षिणपन्थीसँग मिलेर स्वार्थको यात्रा । स्वार्थको गठजोड यात्रा गर्न चाहिरहनुभएको छ।”

उनले पार्टी फुटेको स्वीकारेनन् । तर, प्रचण्ड र नेपाल एकीकृत पार्टीबाट भने अलग्गिएको बताए ।

“उहाँहरु पार्टी  फुट्यो भनेर हिँडिरहनुभएको छ । पार्टी फुटेको होइन । केही साथीहरु कसको निर्देशनमा केका लागि अलग हुनुभएको हो ?” ओलीले प्रश्न गर्दै भने, “उहाँहरु बैठकमा नआएर आफैं अलग्गिएर कुद्नु भएको छ ।”

उनले निर्वाचन र ताजा जनादेशमा गयो भनेर पार्टी फुटाएको आरोप पनि लगाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org