ताजा समाचार

स्वास्थ्य सामाग्री खरिद प्रकरण : कालोसूचीमा रहेको ओम्नी ग्रुपलाई ‘क्लिन चिट’

काठमाडौं । स्वास्थ्य सामाग्री खरिद प्रकरणमा अनियमितताको आरोप खेपिरहेको ओम्नी ग्रुप (ओबीसीआई प्रा.लि.) लाई स्वास्थ्य सेवा विभागले ‘क्लिनचिट’ दिएको छ ।

सम्झौताबमोजिम सामान ल्याउन नसकेको भन्दै ठेक्का सम्झौता रद्द गरी कालोसूचीमा राख्न सिफारिस गरिएको थियो । विभागको सिफारिस अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयले ओम्नीलाई १ वर्षका लागि कालोसूचीमा राखेको थियो ।

तर, कालोसूचीमा राखिएको ३ महिना नहुँदै कार्यालयले ओम्नीको कालोसूची  स्थगन गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयले सर्वोच्च अदालतको अन्तरकालीन अन्तरिम आदेश अनुसार कार्यलयबाट निर्णय भई कालोसूची स्थगन गरेको प्रष्टिकरण दिएको छ ।

कालोसूचीविरुद्ध सर्वोच्च अदालतले यसअघि मंसिर ७ गते ओम्नीको पक्षमा हुने गरी अन्तरकालीन अन्तरिम आदेश दिएको थियो । कार्यालयले मंसिर १० गते नै सो सम्बन्धमा निर्णय गरेको समेत जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org