ताजा समाचार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु

काठमाडौँ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ ।

प्रधानमन्त्री केपी ओली शर्माको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक शुक्रबार बसेको हो ।

बैठकको सुरुमै राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र र मन्त्रिपरिषद् विस्तार र जिम्मेवारी हेरफेर सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका छन् । बैठकमा दलीय प्रतिनिधित्वका आधारमा अहिले दलका नेताहरुले सम्बोधन गरिरहेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १२ गते शुक्रबारका लागि राष्ट्रिय सभाको अधिवेशन आह्यवान गरेकी थिइन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो । यसअघिको संसद् अधिवेशन असार तेस्रो साता अन्त्य भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org