ताजा समाचार

आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै प्रचण्ड-नेपाल समूह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ। यसअघि काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–नेपाल समूहले सरकारको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा अनौपचारिक रुपमा विघटन भइसकेको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा रहेको संघर्ष समितिले शनिबार छलफल गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए। संघर्ष समितिको बैठक बिहान ११ बजे पेरिसडाँडामा बस्दैछ।

आन्दोलनका थप कार्यक्रम तय गरेपछि शुक्रबार दिउँसो पत्रकार सम्मेलनमार्फत् जानकारी गराउने तयारी गरिएको छ। यसअघि प्रचण्ड–नेपाल समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टीसँग मिलेर सरकारविरुद्ध संयुक्त आन्दोलन गर्ने निर्णय गरेको थियो। तर, कांग्रेस र समाजवादीले आन्दोलनमा मिसिन अनिच्छा देखाएपछि एक्लै संघर्षका कार्यक्रम घोषणा गर्न लागेको हो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org