ताजा समाचार

सरकारविरुद्ध दिउँसै लालटिन बालेर प्रदर्शन (फोटो फिचर)

सरकारलाई अनेरास्ववियूको चेतावनी- संसद् विघटनको गल्ती नसच्याए मन्‍त्रीहरुलाई मोसो दल्छौं

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रन्जित तामाङले  प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको गल्ती नसच्याए मन्त्रीहरुलाई मोसो दल्ने चेतावनी दिएका छन् ।

संसद् विघटनविरुद्ध लालटिन जुलुस बानेश्वरमा कोणसभामा परिणत भएपछि सम्बोधन गर्दै उनले ओलीलाई संसद् विघटनको गल्तीको प्रायश्चित गर्ने समय रहेको बताए । उनले नसच्चिए ओली सरकारको मन्त्रीहरुलाई मोसो लगाउने चेतावनीसमेत दिएका हुन् ।

“काठमाडौंको २२ धारामा नुहाएर सुनधारामा टेकेर संविधानलाई अपमान गरिएको हो भने केपी ओलीजी त्यो कुरा हामीलाई अस्वीकार्य छ,’’ कार्यक्रममा उनले भने ।

प्रधानमन्त्री ओलीले गणतन्त्र नेपालमा आउनु भनेको बयगाडामा चढेर अमेरिका जानुजस्तै भएको विषयप्रति कटाक्ष पनि गरे । “२६ गते ओलीलाई बलयगाडामा राखेर अमेरिका धपाउँदै छौं,’’ उनले भने । केपी ओलीको युगको अन्त्य हुने बताउँदै उनले अहिले चार्ली च्याप्लिनको जस्तै कमेडी सो गरिरहेको कटाक्षसमेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org