ताजा समाचार

नेम्बाङकाे स्पष्टीकरण : पुरानै दृष्टिकोणअनुसार सल्लाह दिएको, प्रधानमन्त्रीले मान्नुभएन

काठमाडाैँ । संविधानसभाका अध्यक्ष सुवास नेम्बाङले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको दोहोर्‍याएका छन् ।

नेम्बाङले आफू यसअघिकाे भनाइमा अडिग रहेकाे प्रष्ट पारेका हुन् ।

१६ महिनाअघि एक कार्यक्रममा नेम्बाङले अहिलेको संविधानमा प्रधानमन्त्रीले संसद विघटन गर्ने अधिकार नभएको बताएका  थिए । तर, प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेयता नेम्बाङ मौन थिए ।

नेम्बाङले आफ्नो पुरानो भनाइ प्रष्ट रहेको र त्यो दृष्टिकोण अहिले पनि कायम रहेको बताए । र, त्यही दृष्टिकोणका आधारमा प्रधानमन्त्री ओलीलाई सल्लाह दिएको पनि उनले बताए ।

नेम्बाङले भने ‘मेरो पुरानो भनाइ, त्यसमा मेरो प्रष्ट दृष्टिकोण, त्यही दृष्टिकोणमा प्रधानमन्त्रीलाई सल्लाह दिएको हो । प्रधानमन्त्रीले आफ्ना तर्क राखेर विघटनमा जानुभयो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org