ताजा समाचार

‘आफै संसद बिघटन गर्ने अनि आफै कामचलाउन हुँ भन्न पनि नसक्ने ?’– माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संविधानलाई कमजोर पर्ने प्रवृतिबिरुद्ध एक भएर लडाई लड्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभा बिघटनको विरुद्धमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने, ‘यो संविधान फेल्क्जीबल छ, तर संविधानलाई कमजोर बनाउने प्रवृतिको विरुद्ध हामी लडाई गर्ने छौ, यसअघि राणा शासनविरुद्ध संगै लडेका थियौ, पञ्चायतविरुद्ध संगै लडेका थियौं, अव पनि संगै लडेर यो असंवैधानिक कु का विरुद्ध अघि बढ्नेछौ ।

‘ नेपालले ओलीको गलत कमदबारे स्पटीकरण सोधेको र अनुशासनको कारवाही गरेको बताए । ओलि कामचलाउ प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले भने, ‘आफैले संसद विघटन गर्ने आफै कामचलाउ प्रधानमन्त्री हु भन्नपनी नसक्ने ।’

नेपालले संसद बिघटन गलत कार्य भएकै कारण निरंकुश प्रवृतिका विरुद्ध मुलुक एक भएको बताए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org