ताजा समाचार

न्यायाधीश कार्की इजलासमा नबसेपछि संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध

काठमाडौँ । संसद विघटनको मुद्दाबारे सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीले आफू नबस्ने घोषणा गरेका छन्।

बुधबार सुरु भएको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, मुक्ति प्रधान र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि उनले इजलासमा नबस्ने घोषणा गरेका हुन्। प्रधानमन्त्री केपी ओली यसअघि प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ताको रुपमा रहेकाले स्वार्थ बाझिनसक्ने भन्दै कार्कीमाथि प्रश्न उठेको हो।

कार्कीको अनुपस्थितिसँगै बुधबारको सुनुवाइ अवरुद्ध भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अर्का न्यायाधीशलाई संवैधानिक इजलासमा तोकेपछि मात्र सुनुवाइ हुने भएको छ। संवैधानिक इजलास अब शुक्रबार सुुनुवाइ हुँदैछ।

प्रधानन्यायाधीश जबराले संसद विघटनविरुद्ध परेका रिट सुनुवाइका लागि आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी र अनिलकुमार सिन्हालाई तोकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org