ताजा समाचार

प्रधानमन्त्री ओलीको कार्यशैलीकै कारण नेकपा विभाजन : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको कार्यशैलीको कारणले पार्टी एकता संकटमा पुगेको बताएका छन्। राष्ट्रियसभा दोस्रो हिउँदे अधिवेशनमा बोल्दै उपाध्यक्ष गौतमले यस्तो बताएका हुन्।

‘नेकपा विभाजित छ। कुनै औचित्य देख्दिनँ। पार्टी सचिवालयको नाताले धेरै कुरा उठाएँ। नेताहरूको कार्यशैलीमाथि पनि प्रश्न उठाएँ। तर, सुधार भएन’ उनले भने, ‘आफू विरोधीजस्तो मात्रै भएँ। अविश्वासको प्रस्तावमा आफ्नै पार्टीको नेताहरूलाई सोचेको थिइनँ।’

प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाँदै गर्दा आफूलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले नसोधेको गुनासो गरे। ‘पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव पटक पटक रोकेको थिए। तर, लैजाने बेलामा मलाई सोधिएन’ उनले भने, ‘पार्टीभित्र आरोप प्रत्यारोपको पत्र लैजाँदा समस्या समाधान हुने विश्वास लिएको थिएँ।’

प्रधानमन्त्री ओलीको कारणले पार्टीभित्र पटक-पटक समस्या निम्तिएको उनले बताए। ‘ओलीको कारणले पाटीभित्र समस्या भइरह्यो। मैले धेरैपटक अनुरोध गरे। कति ग्रह गर्नुभयो कति गर्नुभएन। उहाँले मलाई मित्रको रुपमा लिनुहुन्छ। अझै पनि लिन्छु’ उनले भने। प्रतिनिधि सभा विघटन गर्दा आफूलाई नसोधेको बताए।

‘मलाई प्रधानमन्त्रीबाट हटाउने प्रयास भयो भने दुर्भाग्य हुन्छ भन्नुभयो। उहाँले पार्टी एकता जोगाउनका लागि राजीनामा दिनुपथ्र्यो। पार्टीभित्र अल्पमतमा परेपछि राजीनामा दिनुपर्छ’ उनले भने ‘कम्युनिस्ट आन्दोलनलाई जोगाउन चाहेको भएमा ओलीले राजीनामा दिनुपर्दथ्यो।’

सर्वोच्च अदालत पुगेपछि संसद विघटनको बिषयमा अहिले केही टुंगो नलाग्ने उनले बताए।

‘दुवै पक्षका नेताहरु एक अर्काविरुद्ध खनिएका छन्। म कतैपनि लाग्दिन। पार्टी एकतालाई पुन जोड्न सक्ने सम्भावनाका साथ लागिरहेको छु’ उनले भने।

गणतन्त्र नेपालको स्थापना गर्न र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न सकेमा समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ कम्युनिस्ट आन्दोलनमा लागेको समेत सुनाए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org