ताजा समाचार

गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू गणतन्त्रका लागि ५० वर्ष अधि नै १४ वर्ष जेल बसेको बताएका छन्।

शुक्रबार आफू नेतृत्वको नेकपाले कैलालीको धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई संघीयता र गणतन्त्रविरोधी भन्नेहरुलाई जवाफ दिँदै आफू गणतन्त्रकै लागि १४ वर्ष जेल बसेको बताएका हुन्।

उनले अहिले देशमा अलिकति संकटको अवस्था देखिएको र आफूलाई गणतन्त्र विरोधीका रुपमा चित्रण गर्दै देशबाट गणतन्त्र र संघीयता जाने भयो भन्नेजस्ता कुरा उठेको बताए।

‘अहिले देशमा अलिकति संकटजस्तो स्थिति देखापरेको छ। गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान जाने भयो भनेर केही सडकमा कराइरहेका छन्’, उनले भने, ‘५० वर्षअघि गणतन्त्रका लागि मैदान उत्रिने अरू कोही थियो र? गणतन्त्रका लागि ५० वर्षअघि मैदानमा उत्रिँदा १४ वर्ष जेल बसेको मै हुँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org