ताजा समाचार

गजल: बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे….

                       गजल

आजकाल बालुवाटार गोठ बाट दाम्लो चुडाँलेर एउटा साँढे फुत्कीएको छ, तर उसको सीङ छैन , उ मुडुले छ……

उ जथाभावी टाउको जोत्दै हींडेको छ, आफ्नो सुन्दर बारी मासेर , छीमेकीको पेवामा रहेको बारी पनी सखाप पारेको छ, तर उसको सीङ छैन उ मुडुले छ…….

जेसीबी, डोजर र स्काभेटरले जोत्न नसकेको अक्करको भीर, दाम्लो चुँडालेर भागेको साँढेले जोत्न थालेको छ, तर उसको सीङ छैन , उ मुडुले छ…..

यतिबेला साँढे अक्करको भीरमा पुगेको छ, गोठालाहरू लाई तान्नु न घचेट्नु भएको छ, उसको सीङ छैन , उ मुडुले छ…

भेट्नरिमा लगेर पसु चिकित्सकलाइ देखाए पछि, रिपोर्टमा त गणतन्त्र फोबीया आएको छ.. तर उसको सीङ छैन, उ मुडुले छ…

(चुङ्दाक लामा)

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org