‘संयुक्त मोर्चा बनाएर सबैलाई स्वामित्व दिऊँ’: जनार्दन शर्मा
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले संविधानको रक्षा र स्थायित्वको लागि संयुक्त मोर्चा बनाउन नयाँ प्रस्ताव गरेका छन्।
आन्दोलनबाट प्राप्त उपलब्धिको स्वामित्व राजनीतिक दलले मात्र लिएकाले पछिल्लो समस्या आएको बताउँदै नेता शर्माले राजनीतिक स्थायित्वका लागि भन्दै सो प्रस्ताव गरेका हुन्।
पूर्व-गृहमन्त्रीसमेत रहेका नेता शर्माले सबै क्षेत्र, जातजाति, नागरिक समाज, बुद्धिजीवी,पत्रकार तथा महिला लगायतका विभिन्न समुदाय र क्षेत्रका मानिसहरुको सहभागितामा आन्दोलन भए पनि उपलब्धि सीमित राजनीतिक दलको हातमा परेकाले अहिले संविधानविरोधी कदम बेहोर्नु परेको बताए।
प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रममा नेता शर्माले भने, ‘आन्दोलन गर्दा राजनीतिक दलभन्दा बाहिरको ठूलो शक्ति (हिस्सा) पनि आन्दोलनमा थियो तर आन्दोलनपछि उपलब्धिको स्वामित्व लिदा त्यो हिस्सा अर्थात् शक्ति सबै छुट्न पुग्यो। सीमित राजनैतिक पार्टी अर्थात् नेताहरुले मात्र स्वामित्व लिएपछि अहिलेको समस्या आएको हो। यो गल्तीबाट सिक्ने र सच्याउने कुरा हो।’
‘यो बहसमा आउनुपर्छ र सच्याउनुपर्छ। नेपालको विकासको लागि बहुभाषिक, बहुसांस्कृतिक,बहुजाति, बहुक्षेत्र रहेको समाजमा यो सहअस्तित्वको कुरा छुटेको रहेछ। यो अहिले छुटेको महसुस भएको छ। यसलाई सच्याउनुपर्छ। समाजलाई नयाँ गति दिनुपर्छ। यो मेरो निजी विचार हो, बहसमा आउन जरुरी छ’ शर्माले थपे।
शर्माले संविधान बनाउँदा सबै पक्षलाई समेट्न नसक्नु कमजोरी भएको बताए। उनले भने, ‘त्यसकारण अब विभिन्न पक्षलाई समेटेर आन्दोलनका लागि संयुक्त मोर्चा बनाउन आवश्यक छ।’
उनले सबै पक्षलाई समेटेर बनाउने मोर्चा आगामी १० वर्षसम्म कायम रहनुपर्ने र त्यो मोर्चामार्फत स्थायित्वको लागि काम गर्नुपर्नेमा जोड दिए।
नेकपा एउटै भएको बताउँदै शर्माले कोही पार्टी छोडेर जानसक्ने तर पार्टी विभाजन गर्ने कुनै बाटो नभएको स्पष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति संकेत गर्दै पार्टी छोडेर जान सक्ने तर पार्टी विभाजन नहुने तर्क गरे।
‘उहाँहरुले पार्टी अस्ती नै गठन गरिसक्नु भयो, तर निर्वाचन आयोगले सूचीकृत गर्न नै सकिन्न भन्यो। ५ वर्षसम्म पार्टी फुटाउन मिल्दैन। त्यसकारण जनतालाई भ्रम दिन धम्की दिन गरेका कुरा मात्रै हुन्।’
शर्माले भने, ‘राष्ट्रघात गर्ने, संविधान नै नमान्ने कुरा पार्टीले स्वीकार गर्न सक्दैन। पार्टीको कार्यदिशा, नीति, बिधि पद्धती मान्नेहरु पार्टीभित्रै रहन सक्छन्। नमान्नेहरु कारबाही गरेर निकालिन्छन्।’
उनले थपे, ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने निर्णयमा हस्ताक्षर गरेसँगै प्रधानमन्त्रीको आयु सकिसकेको छ। उहाँको हातमा केही छैन, गाडीमा झण्डा हालेर धम्की दिएर हुनेवाला केही छैन।’
अर्को एक प्रसंगमा नेता शर्माले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने बताएका छन्। आवश्यक्ताका आधारमा सबैको प्रतिनिधित्व हुनेगरी मन्त्रिपरिषद् पुनर्गठन हुने बताए।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...