ताजा समाचार

चीनसँग सीमा विवाद छैन, भारतसँगको समाधान हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको सीमा समस्या चाडै समाधान हुने बताएका छन्।

भारतीय सञ्चारमाध्यमसगँको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले चीनसँग सीमासम्बन्धी कुनै समस्या नरहेको र भारतसँग भएको चाडै समाधान गर्ने बताएका हुन्।

चीनसँग सीमा सम्बन्धी कुनै पनि समस्या छैन। भारतसँग थोरै समस्या समस्या रहेको छ। त्यो चाडै समाधान हुन्छ उनले भने, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो। त्यसका लागि हामीसँग प्रसस्त प्रमाण छन्।

सन् २०२१ मा नेपाल र भारतबीचको सबै समस्या समाधान हुने उनले बताए। प्रधानमन्त्री ओलीले भारतसँगको सीमा समस्याको सम्बन्धमा सुगौली सन्धिपछि कालापानी, लिपुलेक र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको नियन्त्रणमा रहेको प्रष्ट पारेको छन्।

प्रधानमन्त्री ओलीले प्रचण्डको आलोचना गर्दै नेकपाभित्र देखिएको विवादलाई आन्तरिक भएको बताएका छन्। नेकपाभित्रको विवाद मिलाउनका लागि चीन सक्रिय नभएको दाबी गरे।

‘देशमा देखिएको राजनीतिक गतिविधि आन्तरिक हो। यसलाई मिलाउन चीन सक्रिय भएको छैन। यो हामीबीचको समस्या हो’ उनले भनेका छन्, ‘हामी अरु कसैको दबाव र प्रभावमा पर्दैनौँ।’

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड अस्थिर स्वभावको भएको बताएका छन्। पार्टीभित्र प्रचण्डको अधिकार दोस्रो अध्यक्ष भएको र आफू पहिलो अध्यक्ष भएको दाबी गरेका छन्।

पार्टी अनौपचारिक विभाजनको अवस्थामा पुगेर बेग्ला बेग्लै भेला बैठक गरि रहेपनि अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको वरियता यथावत् नै राखेको बताएका छन्। अहिले प्रचण्डका पक्षको गतिविधिलाई लिएर आफू अचम्मित भएको बताएका छन्। प्रचण्डमा प्रजातान्त्रिक स्वभाव नै नभएको दाबी गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org