ताजा समाचार

सरकार अर्बौ खर्च हुने चुनाव घोषणा गर्छ अनि खोप ल्याउन चन्दाको विज्ञापन छाप्छ : विश्वप्रकाश शर्मा

काठमाडाैँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले जनताको जीवन रक्षालाई बिर्सिएर भोटको मात्रै अपेक्षा गरेको टिप्पणी गरेका छन् ।

‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय,’ प्रवक्ता शर्माले ट्वीटरमा लेखेका छन् ।

प्रवक्ता शर्माले भेन्टिलेटर किन्न पैसा नभएको बताउने सरकारले खोप ल्याउन सार्वजनिक रुपले चन्दाको विज्ञापन गरेकाप्रति आश्चर्य प्रकट गरेका छन् । उनले लेखेका छन्, ‘खोप ल्याउन सरकार सार्वजनिक रुपले चन्दाको विज्ञापन छाप्छ, भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ, तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org