ताजा समाचार

माउन्ट केटुको सफल आरोहण गरेर नेपालीले रचे इतिहास

काठमाडौं। १० जना नेपालीको टोलीले चिसो मौसममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटुको सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

चिसो मौसममा कायाकोरम रेन्जमा रहेको यो हिमाल आरोहणमा पहिलोपटक सफलता प्राप्त भएको हो । सो टिमका एक सदस्य निम्स दाई पुर्जाले स्थानीय समयअनुसार शनिबार साँझ पाँच बजे शिखरमा पुगेको जनाएका छन् ।

 

चिसो मौसममा ८ हजार ६ सय ११ मिटर उचाई रहेको यो हिमाल आरोहणको प्रयास गरेको भएपनि पहिलो पटक सफलता मिलेको हो । गत साता नै एक स्पेनी पर्वतारोहीले सो हिमाल आरोहणको कोशिस गरेका भएपनि उनको मृत्यु भएको थियो । यो निकै कठिन हिमाल हो ।

सन् १९५३ मा आरोहरण गर्ने कोशिस गरेका अमेरिकी पर्वतारोही जर्ज बेलले यो हिमालको आरोहण गर्नु भनेका मृत्युलाई निमन्त्रणा दिनु भएको बताएका थिए । सुरुमा नेपाली पर्वतारोहीको ६० जनाका अलग अलग टोलीले आरोहणको कोशिस गरेका थिए । तर १० जना मात्रै शिखरमा पुगेर ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् ।

युके स्पेशन बोट सर्भिसका पूर्व सदस्य पर्वतारोही निर्मल पुर्जाले यो हिमाल आरोहणको खुसियालीका तस्बिर सार्वजनिक गरेका हुन् । उनीहरुको सफलताको पुष्टि पर्वतारोहणको आयोजक सेवन समिट ट्रेकले पनि गरेको छ ।

निर्मल पुर्जाले भने, ‘मानव जातिको यो इतिहासको हिस्सा भएकोमा हामीलाई गर्वछ । यसबाट सहकार्य गरेर र सकारात्मक सोचबाट सीमालाई तोड्न सकिन्छ । हामी जे चाहन्छौं, त्यो पाउँछौं ।’

पहिलो पटक १९८७–१९८८ मा केही पर्वतारोहीले केटु हिमाल आरोहणको कोशिस गरेका भएपनि हालसम्म कोही पनि ७ हजार ६५० मिटरभन्दा माथि पुग्न सकेका थिएनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org