ताजा समाचार

दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडाैँ । निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई आयोगको कार्यालयमा बोलाएको छ।

आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई आज बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेर वैशाखमा निर्वाचन तय गरेका थिए।

तर यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको छ। ‘केही बेरपछि आयोगको कार्यालयमा राजनीतिक दलहरूका प्रतिनिधिसँग छलफल हुन्छ,’ श्रेष्ठले भने।

मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिकलगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो। ‘निर्वाचन सम्बन्धी अहिलेसम्म भएका तयारीबारे पनि जानकारी दिने कार्यक्रम छ,’ उनले भने।

छलफलमा भाग लिन दलका प्रतिनिधि पनि आयोग पुगेका छन्। नेपाली कांग्रेसबाट पुष्पा भुसाल र आनन्द ढुंगाना आयोग गएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org