‘केपी ओली प्रतिगमनका प्रतिक हुन्’,ओरिजिनल एमाले मै हो: माधव नेपाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘असली’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् ।
मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए ।
माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।
उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।
उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरेका छन् ।
‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के ? हामीले त यो संसद् विघटन मानेकै छैनौँ’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए ।
‘कि काम चलाउ भन्नुस् कि अहिल्यै कुर्सी छोड्नुस्’ नेपालको भनाइ छ, ‘‘तर उहाँ छोड्नुहुन्न । भर्याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्याङ बनाउनुभयो । केपी ओलीमा चरम व्यक्तिवाद छ । सानो कोटरीमा रमाउनुहुन्छ । यही गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौँ । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस् छन् । एक दिनमा ३ जनालाई ३ पद दिने ।’
उनले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए ।
सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको भन्दै यसमा पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहेको पनि नेपालले बताए ।
उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालको भनाई छ ।
Comments
अरु समाचार
-
संसदको गतिरोध हटाउन दलहरु छलफलमा, प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नै सहमति जुटाउने
काठमाडौं। संसदको गतिरोध हटाउन दलहरु आज पनि छलफलमा जुट्दैछन् । अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान...
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...