ताजा समाचार

ओलीलाई आजै साधारण सदस्यबाट हटाउँछौँ : नेपाल

काठमाडाैँ ।   प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यबाट समेत हटाउने बताएका छन्।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएका कारण उनलाई कारबाही गर्न लागिएको बताएका हुन्।

‘हामीले तीन दिनको समय दिएर स्पष्टीकरण मागेका थियौँ, चार दिन बित्दा पनि उनले जवाफ दिएनन्, उनमा जवाफ दिने हिम्मत नै छैन’, अध्यक्ष नेपालले भने, ‘हामी उनलाई साधारण सदस्यबाट हटाउने अन्तिम चरणमा छौँ, उनलाई आजैका मितिबाट साधारण सदस्यबाट निष्कासन गछौँ।’

केही दिनअघि बसेको प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको स्थायी समिति बैठकले महासचिवबाट विष्णु पौडेललाई हटाउँदै ओलीलाई ३ दिनको समय दिएर साधारण सदस्यबाट किन नहटाउने भनि स्पष्टीकरण सोधेको थियो।

अध्यक्ष नेपालले तत्कालीन नेकपाको बहुमत आफूसँग रहेको बताउँदै आफूहरु आधिकारिक भएको दावी गरे। उनले बहुमत सदस्यले ओलीलाई गर्ने कारबाही वैधानिक हुने समेत दावी गरे।

उनले केपी ओली कम्युनिस्ट पनि नभएको बताए। उनले ओलीले आफूलाई पार्टी कमिटीभन्दा माथि ठानेपछि समस्या भएको बताए।

अध्यक्ष नेपालले प्रधानमनत्री ओलीको संसद विघटनको पक्षमा कुनै पनि राम्रो मान्छे नउभिएको बताए। उनले प्रतिनिधि सभा विघटन गरेर आलीले पार्टीकै बदनाम गरेको र आफू पनि कलंकित भएको बताए। ‘असल मान्छेलाई सोध्नु, आन्दोलनमा लागेका यौद्धालाई सोध्नु केपी ओली कुल कै कुलंगार हुनपुगे। पार्टीको कलंकित व्यक्ति भए। संविधान कुच्चिए’, उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org