ताजा समाचार

“निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ”

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाका अध्यक्ष माधव कुमार नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष बनाउन अस्वीकार गरेको विषयमा प्रतिक्रिया दिएका छन् ।

दुई नम्बर प्रदेशको अगुवा भेललाई पेरिसडाँडामा सम्बोधन गर्दै उनले भने, “निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन । प्रचण्ड हुँदै हुनुहुन्छ ।”

उनले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिए । “केपी ओलीको धुलो छाप पार्टीमा  सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् । ४३४ केन्द्रीय सदस्यमा उनीहरूसँग जम्माजम्मी १०० जना होलान्,” उनले भने ।

नेपालले केपी ओलीको अध्यक्ष त गएको बताउँदै भने, “म त आइहाल्छु ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org