ताजा समाचार

प्रचण्डले शिलान्यास गरेको पुल प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको सिसहनियाँ–महादेवा जोड्ने पक्की पुलको उद्घाटन गरेका छन्।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गरेको उक्त पुल निमार्ण सम्पन्न भएपछि आज प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन्।

यसैबिच प्रधानमन्त्री दाङ जाने कार्यक्रम तय भएपछि हिजो नेकपाको प्रचण्ड–माधव समुहले प्रधानमन्त्रीको विरोधमा मसाल जुलुस निकालेको थियो। पुल उद्घाटन लालमटीयामा हुने आफूपक्षीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org