ताजा समाचार

निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौंः ईश्वर पोखरेल

काठमाडाैँ । निर्वाचन आयोगले आइतबार गरेको निर्णयलाई नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ।

‘निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौ, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ ओली पक्षका नेता ईश्वर पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने।

तर आयोगले भने पुस ५ यता विभाजित रुपमा गतिबिधि गर्दै आएका नेकपाका दुवै पक्षले गरेका कुनै पनि निर्णय र कामकारवाहीले मान्यता नपाउने बताएको छ।

आयोगको सो निर्णयअनुसार ओली पक्षले मनोनित गरेका केन्द्रीय सदस्यहरुले मान्यता नपाउने भएको छ।

ती मनोनित सदस्यहरुबारे अब के हुन्छ भन्ने प्रश्नमा पोखरेलले ‘त्यो राजनीतिक निर्णय हो, त्यसलाई राजनीतिकरुपमै यथोचित व्यवस्थापन गरिन्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org