ताजा समाचार

तत्काल संसद बैठक बोलाउन अन्तर पार्टी महिला सञ्जालको माग

काठमाडौं । अन्तर पार्टी महिला सञ्जालले विघटित प्रतिनिधिसभाको बैठक तत्काल बोलाउन माग गरेको छ ।

अध्यक्ष सावित्रा भुसालसहितका नेतृहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापन पत्र बुझाउँदै यथाशिघ्र संसद बैठक बोलाउन माग गरेको हुन् ।

पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको प्रावधान वर्तमान संविधानमै छैन । तसर्थ संविधान र कानूनी आधारविना गरिएको कथित विघटनको निर्णय हामी सबैलाई अमान्य रहेको व्यवहोरा अवगत गराउन चाहन्छौं ।’

जवाफमा सभामुख सापकोटाले संविधानविद्, कानुनविद्, राजनीतिक पार्टी सबैले संसद सूचारु गर्नुपर्छ भनेर आवाज उठाइरहेको र यसप्रति आफू गम्भिर रहेको बताए । उनले भने, ‘मैले परिस्थितिलाई गम्भिरतापूर्वक विश्लेषण गरिरहेको छु ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org