ताजा समाचार

मन्त्री मणि थापा भन्छन्‌ : ‘भूल भयो, क्षमा चाहन्छु’

काठमाडौं । खानेपानी मन्त्री एवम्‌ सत्तारूढ नेता मणि थापाले शनिबार सुर्खेतमा आफूले ‘नेपाल सरकार’ भन्नुपर्नेमा भूलवश ‘श्री ५ को सरकार’ प्रयोग भएकोमा क्षमा मागेका छन्‌।

शनिबार सुर्खेत पुगेका ​मन्त्री थापाले कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा सरकारको सन्दर्भबारे कुरा गर्दा ‘श्री ५ को सरकार’ उच्चारण गरेका थिए। लगत्तै, थापामाथि हुन थालेको सार्वजनिक आलोचना अझै थामिएको छैन।

आफूमाथि तीव्र आलोचना भएपछि थापाले सामाजिक सञ्‍जाल फेसबुकमार्फत क्षमा मागेका हुन्‌।

उनले फेसबुकमा लेखेका छन्‌, ‘शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भूलवश अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ। आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु। मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भूलवश ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।’

थापाको फेसबुक स्टाटस :

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org