ताजा समाचार

प्रचण्ड र नेपाल आज माइतीघरमा धर्ना बस्ने

काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा साताव्यापी धर्ना दिइरहेको प्रचण्ड-माधव समूहको आजको धर्नामा अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल सहभागी हुने भएका छन् ।

काठमाडौंबाहिर प्रदेशस्तरमा आमसभा गरेर फर्के लगत्तै प्रचण्ड र नेपाल धर्नामा सहभागी हुन लागेका हुन् ।

चार दिनअघि सुरु भएको धर्नामा प्रचण्ड–माधव समूहका प्रतिनिधिसमा सांसद, प्रदेश सांसदहरु सहभागी हुँदै आएका छन् ।

प्रचण्ड–माधव समूहले आउँदो २८ माघमा काठमाडौंमा दोस्रो पटक शक्ति प्रर्दशनको तयारी गरिरहेको छ । त्यसअघि विरोध प्रदर्शनका क्रममा सो समूहले माइतीघरमा धर्ना दिँदै आएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको लागि देशव्यापी आन्दोलनमा रहेको प्रचण्ड–माधव समूहले विराटनगर पुगेर उस्तै परे सभामुखको विशेषाधिकार प्रयोग गरेर प्रतिनिधिसभा बैठक डाक्ने चेतावनी दिएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा भने सर्वोच्चको संवैधानिक इजलासमा बहस भइरहेको छ । निर्वाचन आयोगले नेकपा विभाजनको विषय निरुपण गरिसकेको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org