ताजा समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । तेह्रौं रिटमाथिको बहस आइतबार नै सकिने भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org