ताजा समाचार

भावी रणनीति तय गर्न प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक सोमबार (भोलि)का लागि बोलाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि आन्दोलनरत प्रचण्ड–माधवले आन्दोलनका कार्यक्रम बढाउँदै लगेको छ। जसअनुसार थप सशक्त कदम चाल्ने र विषयमा बैठक बोलाइएको केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले जानकारी दिइन्।

उनका अनुसार बिहान ११ बजे बबरमहलस्थित कार्की ब्वाक्वेटमा बैठक बस्ने छ। बैठकमा संसद् विघटनविरुद्ध पार्टीले गरिरहेको संघर्षका कार्यक्रमको समीक्षासमेत गरिने र उनले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org