ताजा समाचार

अनेरास्ववियूू रुकुम पूर्वले पूर्णता पायो, यस्तो छ स्थानिय तहसम्मको कार्यविभाजन

रुकुुुम । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियु रुकुम पूर्वले जिल्ला कमिटिका सदस्यहरुको कार्यक्षेत्र विभाजन गरेको छ । नव गठित कमिटिको पहिलो बैठकले जिल्ला कमिटिका सदस्यहरुको कार्यक्षेत्र विभाजन गर्नुका साथै कमान्ड, निर्वाचन क्षेत्र र पालिका स्तरमा इन्चार्ज सह–इन्चार्ज, संयोजक र सह–संयोजकको पनि टुंगो लगाएको छ ।

जस अनुसार पुथा उत्तरगंगा गाउँपालिकामा तिकलराज रसाइली, भुमे गाउँपालिकामा बेदना बुढामगर र सिस्ने गाउँपालिकामा मदन रावलाई कमान्ड इन्चार्जको जिम्मेवारी दिइएको जिल्ला कमिटि संयोजक रेवन खड्काले बताउनुभयो । निर्वाचन क्षेत्र संयोजक र सह–संयोजक पनि तोकिएको उहाँले बताउनुभयो ।

निर्वाचन क्षेत्र प्रदेश क मा चन्द्र रसाइली संयोजक, विरस रसायलीलाई सह–संयोजकको जिम्मेवारी तोकिएको छ भने प्रदेश ख मा प्रेम बहादुर खत्रीलाई संयोजक र पुजन महतरालाई सह–संयोजकको जिम्मावारी दिइएको छ । जिल्लाका तिन वटै पालिकामा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको पनि टुंगो लगाइएको छ । सिस्ने गाउँपालिका इन्चार्ज डिकेन्द्र शाह, सह–इन्चार्ज सृजना खड्का, संयोजक सुजन रावल र सह–संयोजकमा उषा थापालाई निर्वाचित गरिएको छ ।

यस्तै भुमे गाउँपालिका इन्चार्ज रतन बुढा, सह–इन्चार्ज सरिता पुन, संयोजक रुपक कामी र सह–संयोजकमा आशा विकलाई चयन गरिएको अनेरास्ववियु जिल्ला कमिटिले जनाएको छ । पुथा उत्तरगंगा गाउँपालिकामा युविक विकलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ भने सह–इन्चार्जको जिम्मेवारी करिस्मा समाललाई दिइएको छ । त्यहाँ रमेश विक संयोजक र पारक रोका सह–संयोजकमा चयन हुनु भएको छ ।

अहिले पहिलो बैठबाट जिल्ला कमिटि, कमाण्ड विभाजन, निर्बाचन क्षेत्र, गाउँपालिका तहमा नेतृत्वको जिम्मेवारीको टुंगो लगाइएको र अव यी कमिटिहरु गठनलाई पूर्णता दिने तयारी गरिएको छ । जसका लागी जिम्मेवारी तोकिएकाहरुलाई सम्बन्धित पालिकामा संगठन विस्तारका लागी पठाइएको छ ।

जिल्ला कमिटि सँयोजक रेवन खड्काको अध्यक्षतामा बसेको पहिलो बैठकमा नेकपा जिल्ला कमिटि सदस्य तथा अनेरास्ववियू रुकुम पूर्वका फ्याक्सन सह–इन्चार्ज जीवन के.सी.अनेरास्ववियू केन्द्रिय सदस्य रुपेन्द्र मल्ल लगाएतको उपस्थिति रहेको थियो ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org