ताजा समाचार

प्रतिनिधि सभा विघटनको मुद्दामा आजदेखि सरकारी वकिलको बहस

काठमाडाैँ । सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्धको बहस सुरू भएको छ।

आजदेखि अदालतमा सरकारी पक्षले बहस गर्दैछ।

सरकारी पक्षको बहसको नेतृत्व पूर्वमहान्यायाधीवक्ता अग्नि खरेलले गर्दैछन्।

खरेलले आज बहस गर्न लागेका हुन्। यसअघि हिजो प्रतिनिधि सभा विघटनविरूद्ध रिट निवेदन दिएको पक्षको बहस सकिएको थियो। आइतबार रिट निवेदक १३ जनासहित अरू वकिलको बहस सकिएको थियो।

रिट निवेदनका पक्षमा बहस गर्ने सबै वकिलहरू प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नएकाले यो असंवैधानिक कदम खारेज हुन पर्ने माग गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेलगत्तै अदालतमा रिट परेको थयो। सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको पाँच सदस्यीय इजलासमा विघटनको मुद्दाको बहस भैरहेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org