ताजा समाचार

नेकपा प्रचण्ड–माधव समूहको बैठक : ओलीलाई साधारण सदस्यबाटै हटाइयो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहले केपी ओलीलाई पार्टीबाट हटाएको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो। यस्तै  बैठकले महासचिव विष्णु पौडेललाई पनि पदबाट हटाएको छ।  ओलीले पार्टीको हितविपरीत कार्य गरेको भन्दै यसअघिको स्थायी कमिटीको बैठकले ओलीलाई तीनदिने स्पष्टीकरण पत्र पठाएको थियो। तर, ओलीले स्पष्टीकरण पत्रको जवाफ नफर्काएपछि कारबाही गरिएको हो।

ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजित बनेको छ। नेकपा दुवै पक्षले आफूलाई नै आधिकारिक भएको दाबी गरिरहेका छन्। त्यस विषय निर्वाचन आयोगको हातमा पुगेर रोकिएको छ।

यद्यपि आयोगले नेकपा यी दुवै समूहका पुस ५ पछिका गतिविधि अमान्य भएको घोषणा गरिसकेको छ। संसद विघटनपछि नेकपाका दुवै समूहले एक अर्कालाई कारबाही गर्ने पदाधिकारी थप्ने, केन्द्रीय सदस्य थप्नेलगायत कार्य गर्दै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org