ताजा समाचार

निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने प्रचण्ड–माधव समूहको निर्णय

काठमाडाै । नेकपाका प्रचण्ड–माधव नेपाल पक्ष फेरि निर्वाचन आयोगमा जान लागेको छ । पार्टीमा आफूहरुको साथमा दुई तिहाइ हाराहारीमा केन्द्रीय सदस्य रहेका तथा आधिकारिक पार्टी पनि आफूहरु नै रहेको जिकिरसहित सो पक्ष निर्वाचन आयोगमा जान लागेको हो ।

बैठक स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित नेताहरु निर्वाचन आयोग जान लागेका हुन् र यसबारे सो समूहको केन्द्रीय समिति बैठकमै छलफलको एजेण्डा बनाइएको थियो । बैठकमा प्रचण्डले ओलीलाई कारबाहीसहित निर्वाचन आयोगबारे एजेण्डा नै बैठकमा प्रस्तुत गरेका थिए ।
बैठकपछि नेता वर्षमान पुनले आवश्यक तयारी पुरा गरेर आयोगमा गएर आधिकारिक पार्टी आफूहरु भएको दावेदारी प्रस्तुत गर्न लागिएको बताए । यसअघि पनि सो पक्षले निर्वाचन आयोग गएर आफूहरु नै आधिकारिक पार्टी भएको दावी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org