ताजा समाचार

प्रचण्ड –नेपाल समूह आज निर्वाचन आयोग जाँदैः पार्टी र चुनाव चिह्न आधिकारिकता दाबी गर्ने

काठमाडौँ । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल (प्रचण्ड) -माधवकुमार नेपाल समूह निर्वाचन आज मंगलबार निर्वाचन आयोग जाने भएको छ ।

आफूहरु बिहान ११ बजे आयोग जान लागेको दाहाल-नेपाल पक्षका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार आवश्यक परे अध्यक्षद्वय प्रचण्ड र नेपाल पनि आयोगमा उपस्थित हुन सक्नेछन् । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग छ ।

उक्त पक्षको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय गरेको थियो । यसअघि ओली र प्रचण्ड-नेपाल पक्षले फरक-फरक निर्णय अद्यावधिक गर्न निर्वाचन आयोगमा चिठी पठाएका थिए । तर आयोगले ती निर्णय अद्यावधिक गरेको थिएन ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएको थियो तर त्यसले कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल-नेपाल पक्ष पुगेसँगै नेकपा कानुनी रूपमा पनि विभाजनतर्फ जानेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org