अख्तियारलाई सुशासनको ‘मोडल’का रूपमा रूपान्तरण गर्नेगरी अघि बढ्छौं : प्रेमकुमार राई
भ्रष्टाचार गर्ने जोसुकै होऊन्, गम्भीरतापूर्वक छानबिन गर्छौं : प्रेमकुमार राई
सुशासनविज्ञ कहलिएका प्रेमकुमार राईले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पदबहाली गर्दै ‘अख्तियारलाई सुशासको नयाँ मोडल’मा रूपान्तरण गर्ने प्रतिबद्धता जनाए । उनको आगमनसँगै आमनागरिकमाझ ‘मुुलुकमा सुशासनको दियो बल्ने’ आशा जागृत भएको छ ।
नागरिक समाजको ‘आशा र भरोसा निभ्न नदिने’ प्रतिबद्धता जनाएका उनी सुशासन कायम गर्ने सवालमा आमजनताको पूर्ण साथ–सहयोग आवश्यक रहने विश्वास गर्छन् । चुनौती र अवसरबीच व्याप्त भ्रष्टाचार न्यूनिकरणमा अहोरात्र खट्नुपर्ने राईको ठम्याइ छ । पदबहालीलगत्तै उनै प्रमुख आयुक्त राईसँग न्युज-नेपालका लागि गरेको संक्षिप्त कुराकानी :
– ठुलो चुनौतीबीच बहाल भएको अवस्थामा भ्रष्टाचार नियन्त्रण सवालमा मुख्य कार्ययोजना के छ ?
लामो समयदेखि व्याप्त भ्रष्टाचार र कुशासन नियन्त्रण गर्नेगरी अहोरात्र खट्नुपर्ने आवश्यकता छ । खासगरी आमजनताले उठाएका मत्वपूर्ण विषयलाई आधार बनाएर सुशासन कार्ययोजना बनाइनेछ । जनताले सुशासन खोजी गरेकाले त्यसैमा विशेष ध्यान दिइने छ । भ्रष्टाचार नियन्त्रणतर्फ अधिकत्तम पहल हुनेछ । धेरै क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । ती क्षेत्रमा जारी भ्रष्टाचार रोक्न संविधानले दिएको अधिकार तथा अख्तियार ऐन नियम र कानुनअनुसार भ्रष्टाचार अनुसन्धान गरेर कारबाहीमा जाने पहल हुनेछ । पूर्वज प्रमुख आयुक्त तथा आयुक्तले विगतदेखि नै आयोगको काम उचाईमा पु¥याउनुभएको छ । उहाँहरूले गरेका असल कार्य अ“गाल्दै त्यसको गरिमा उच्च बनाउन दत्तचित्त भएर लाग्नेछौं । जनता र आमनागरिक समाजले उठाएका विषय मध्यनजर गरी सुशासनको अनुभूति कायम हुनेगरी काम गरिनेछ । भ्रष्टाचार नियन्त्रणतर्फ सम्पूर्ण प्रयास हुनेछ ।
– अब जनताले सुशासनको प्रत्यक्ष अनुभूति गर्न सक्नेगरी काम गर्न सकिएला त ?
जनता वा नागरिक समाजको मुख्य आकांक्षा भ्रष्टाचार हुनुहुन्न र भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ भन्ने हो । भ्रष्टाचारका कारण आमजनता खिन्न महसुस गरिरहेका छन् । विभिन्न अध्ययनले पनि सुशासनको अवस्था प्रभावकारी हुन नसकिरहेको देखाएका छन् । संघीय शासन प्रणालीको संस्थागत विकासक्रममा पनि संघ, प्रदेश र स्थानीय तहमा फरकफरक स्वरुपका भ्रष्टाचार मौलाइरहेका छन् । ती सबैखाले भ्रष्टाचार न्यूनिकरण गर्दै अघि बढ्न सकेमात्रै जनताले सुशासन अनुभूति गर्नसक्ने भएकाले विशेष योजना बनाएरै हामी अघि बढ्ने छौं । देशमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा नागरिक समाजको आशा र हामीमाथिको भरोसा टुट्न दिने छैनौं ।
हामी अख्तियारलाई सुशासनको ‘मोडल’का रूपमा रूपान्तरण गर्नेगरी अघि बढ्छौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबि विगतदेखि नै उच्च छ । आयोगले गर्ने मुद्दा अनुसन्धानमा परिपक्व अनुसन्धान हुँदै आएको देखिन्छ
– त्यसो भए सरकारको भ्रष्टाचारमा शून्य सहनशीलता नीति पूरा हुन सक्ला ?
सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य र भ्रष्टाचारमा शून्य सहनशीलता नीति व्यवहारमा कार्यान्वयन गराउने सवालमा अख्तियारको ठुलो भूमिका हुन्छ । हामी सरकारले लिएको भ्रष्टचारविरोधी अभियानलाई पनि आवश्यकताअनुसार सहयोग गर्छौं । हाम्रो शसक्त भूमिका र भ्रष्टाचारीलाई कारबाही गर्ने सक्रियताले पनि सरकारको नीति पूरा गर्न आवश्यक सहयोग पुग्नेछ । यसमा आवश्यक तदारुकता देखाउने छौं ।
– अब ठुला भ्रष्टाचारी कानुनी दायरामा आउलान् त ?
भ्रष्टाचार गर्ने जोसुकै भए पनि गम्भीरतापूर्वक छानबिन गर्छौं । हाम्रो छानबिन तथ्यका आधारमा हुनेछ । कुनै पनि आग्रह–पूर्वाग्रहबाट आयोग अघि बढ्दैन । भ्रष्टाचार विषयमा प्राप्त उजुरी तथा सार्वजनिक सञ्चारमाध्ययममा आएका तथ्यपरक विषयसमेत सुक्ष्म अध्ययन तथा विश्लेषण गरी अनुसन्धान गर्छौं र भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन कुनै कसर बा“की राख्ने छैनौं । संविधानले दिएको अधिकार र आयोगको ऐन कानुन नियमबमोजिम अनुसन्धान गरेर कारबाहीमा जान्छौं । यसोगर्दा ‘कुनै सानाठुला’ भन्ने हु“दैन । भ्रष्टाचार गरेको प्रमाणित भएका जोसुकैलाई कानुनी दायरामा ल्याउने सार्थक प्रयास हुनेछ ।
– अख्तियारलाई नै सफा राख्नुपर्ने चुनौती पनि छ नि, हैन ?
हामी अख्तियारलाई सुशासनको ‘मोडल’का रूपमा रूपान्तरण गर्नेगरी अघि बढ्छौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छबि विगतदेखि नै उच्च छ । आयोगले गर्ने मुद्दा अनुसन्धानमा परिपक्व अनुसन्धान हुँदै आएको देखिन्छ । तर, विगतमा केही अपवाद पनि देखिए । समस्या आयो तर अब त्यस्तो आउन नदिन निकै संवेदनशील बन्नेछौं । अख्तियारको छबि बिगार्नुभन्दा उच्च राख्नकै लागि अहोरात्र खटाई हुनेछ । आयोगको छबि बिग्रनेगरी कुनै प्रकारको कार्य हुन दिने छैनौं । आयोगको स्थान नया“ उचाईमा पु¥याउने र यसलाई नमूनाका रूपमा विकास गर्नेछौं । नागरिक समाज तथा जनताबाट कुनै प्रकारको प्रश्न उठ्ने काम हामीबाट हुने छैन । यसमा हामी प्रतिबद्ध छौं । पदाधिकारी र आयोग कर्मचारी नमूनाका रूपमा प्रस्तुत हुने विश्वास दिलाउन चाहन्छु ।
– कर्मचारीका समस्या समाधानतर्फ कस्तो पहल हुनेछ त ?
भ्रष्टाचार नियन्त्रण गर्ने सरकार र आयोगको मुख्य लक्ष्य पूरा गर्ने जिम्मेवारी कर्मचारी र सिंगो टिमकै हो । त्यसैले पनि आयोगमा रातदिन नभनी अनुसन्धानमा खट्ने र जोखिमपूर्ण जिम्मेवारी बहन गर्ने कर्मचारीको मनोबल उच्च बनाउन जरुरी छ । यसका लागि उनीहरूलाई प्रोत्साहन भत्ता र थप सुुविधासमेत आवश्यक पर्र्ने हुनाले पहल गर्नेछौं । यहा“का कर्मचारीका हरेक समस्या पिरमर्का छ भने त्यसलाई समाधान गर्दै अगाडि बढ्नेछौं । अख्तियार र हाम्रो टोलीलाई सफल बनाउन कर्मचारीको निर्णायक भूमिका हुने भएकाले उनीहरूको मनोबल उच्च राख्न दत्तचित्त भएर लाग्नेछौं ।
राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख अायुक्त हुन्
Comments
अरु समाचार
-
सुन तस्करीबारे छानबिन गर्न तीन सदस्यीय आयोग बनाउने सहमति
काठमाडौं । सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका...
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका छन् । आज दिउँसो साढे १२ बजे सिंहदरबारमा बस्ने...
-
मदन पुरस्कार विवेक ओझाको ऐँठनलाई
काठमाडौं । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ऐँठनले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले ऐँठनलाई...
-
प्रधानमन्त्रीले बोलाएको बैठक रास्वपाले गर्यो बहिष्कार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहिष्कार गरेको छ । आफूहरूले राष्ट्रिय मान्यताप्राप्त दलको...
-
संगठन बलियो बनाउन विनोद ढकालको नेतृत्व अपरिहार्य : कोशी प्रदेश प्रतिनिधि
काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा विनोद ढकालको नेतृत्व अपरिहार्य भएको प्रतिनिधिहरुले बताएका छन् । आज हुने निर्वाचनमा प्रदेश अध्यक्षका...
-
माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वाटरफाइनलमा
काठमाडौं । १९ औँ एसियाली खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले हराएको छ। चीनको झिजियाङ क्रिकेट...
-
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीले छलफलका लागि बोलाएपछि अध्यक्ष...
-
एमाले कोशी अधिवेशनमा मध्यान्ह १२ बजेदेखि मतदान हुँदै, दुई प्यानलबीच प्रतिस्पर्धा
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा उपाध्यक्षबाहेक पदाधिकारी सबै दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । पार्टी नेतृत्वले...
-
एसियाली खेलकुद : क्रिकेटमा नेपालले माल्दिभ्सलाई दियो २१३ रनको लक्ष्य
काठमाडाैँ । एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको छ। आइतबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट...