ताजा समाचार

आमहड्ताल गर्न नाराबाजी गर्दै प्रचण्ड उत्रिए सडकमा

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आमहड्ताल गर्न सडकमा आएका छन्।

बिहीबार बिहान उनी ललितपुरको सातदोबाटोमा प्रदर्शनकारी गरेको नाराबाजीमा सहभागी भए।

सातदोबाटो चोकमा प्रचण्ड सहभागी नाराबाजीमा प्रदर्शनकारीले ‘काम चलाउ म्यादी सरकार मुर्दावाद’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रघाती होसियार’, ‘गणतन्त्र जिन्दावाद’  ‘केपी तेरो पाराले दु:ख पाए सारा’ले जस्ता नारा लगाएका थिए। जुलुसमा प्रचण्डले पनि नाराबाजी गरेका थिए।                          सातदोबाटोबाट प्रचण्ड सहभागी जुलुस कोटेश्वर गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org