माधव नेपाल स्कुटर चढेर बन्दको निरीक्षणमा निस्के
काठमाडाैँ । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको आमहड्तालको निरीक्षण गर्न निस्केका छन्।
बिहीबार बिहान अध्यक्ष नेपाल कोटेश्वर निवासबाट बा ४२ प ५८१४ नम्बरको स्कुटर पछाडि बसेर आमहड्ताल निरीक्षणमा निस्किएका हुन्। अध्यक्ष नेपाल उपत्यकाका विभिन्न स्थानमा भएको प्रदर्शनको निरीक्षण गरेको नेकपा पार्टी कार्यालयका उपसचिव मोहन गौतमले जानकारी दिए।
‘अध्यक्ष नेपालले कोटेश्वर र सातदोबाटोमा भइरहेको प्रदर्शनको निरीक्षण गर्नु भएको छ’, गौतमले भने।
आमहड्तालकै क्रममा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बिहान पुल्चोकमा धर्ना बसेका थिए। धर्नापछि कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले फागुनको पहिलो साताबाट संयुक्त संघर्ष हुने र ओली सरकारलाई ढाल्ने बताए।
सरकारले संसदीय सुनुवाइबिनै संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल गरेको हो।
अहिलेसम्म देशभर बन्दको प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...