ताजा समाचार

‘एमसीसी चाहिदैन’ भन्ने नारा लागेपछि प्रचण्डले रोके

काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बिरोधमा लागेको नाराबाजीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोकेका छन् ।

संवैधानिक आयोगमा नियुक्ति गरेको बिरोधमा आमहड्ताल घोषणा गरेपछि बा १७ च ३०७१ नम्बरको प्राडो चढेर अनुगमनमा निस्केका प्रचण्डले आफू उपस्थित कार्यक्रममा अमेरिकी सहयोग एमसीसीको बिरोधमा नाराबाजी गरेपछि रोकेका हुन् ।

स्थायी कमिटी सदस्य पम्फा भुसाल, विष्णु रिजालसहितले नेतृत्व गरेको पुल्चोक धर्नास्थलमा पुगेका प्रचण्डले ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईरहेको बेला साथ दिएर मुट्ठी उचालिरहेका थिए, नारा लगाईरहेका थिए ।

तर अचानक ‘एमसीसी चाहिदैन’ भन्ने नारा लगाएपछि प्रचण्डले आफ्नो आवाज रोके र नारा लगाउनेलाई सो नारा नलगाउन ईशारा गरे । तर, पनि नारा लागिरहयो, त्यसपछि अध्यक्ष प्रचण्डले भुसाललाई ईशारा गरेर सो नारा नलगाउन आग्रह गरे ।

लगत्तै, भुसालले पनि नारा लगाउनेलाई सो नारा नलगाउन आदेश दिएपछि फेरि ‘आमहडताल सफल पारौं–सफल पारौं’ भन्ने नारा लगाईएको थियो । त्यसपछि प्रचण्ड आफ्नो सेतो प्राडोमा चढेर आमहड्तालस्थलवाट बाहिरिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org